नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

केन्द्रबिन्दु
0
Shares

एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा शनिबार  सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । उसका लागि हेमन्त श्रीवास्तवले एक सय ६ रनको योगदान दिए। अशोक पौडेलले ३६ रन बनाए। बलिङतर्फ एन्जल्सका लागि श्याम त्रिपाठीले चार तथा विपिन न्यौपानेले तीन विकेट लिए। 

दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको एन्जल्सले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो । उसका लागि दिनेश पुनले सर्वाधिक २१ रन बनाए। विवेक न्यौपानेले १७ रन जोडे । बलिङतर्फ ग्रेट हिमालयका सुशान्त तिमिल्सिना र अशोक पौडेलले तीन÷तीन विकेट लिए। प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

Skip This
Skip This
Logo