पीएसजी पराजित

पीएसजी पराजित

केन्द्रबिन्दु
0
Shares

पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा घरेलु मैदानमा नान्टेससँग २–१ ले पराजित भएको छ ।

पार्क दि प्रिन्सेसमा आइतबार राति भएको खेलको ४२औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट पीएसजीले अग्रता लिएको थियो । अग्रता जोगाउन नसक्दा पिएसजीले हार्नु परेकाे हाे। 

५९औं मिनेटमा रान्डल कोलो मुएनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७१औं मिनेटमा मोसेस सिमोनले गोल गर्दै पीएसजीलाई पराजित गरे । 

हारपछि पीएसजीले शीर्षस्थानमा उक्लने मौका गुमाउदा शीर्षस्थानमा लिलसँग ३ अंकले पछि परेको छ । 

Skip This
Skip This
Logo