भारतमा आयोजना हुने एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल बक्सिङ संघले नयाँ दिल्लीमा आगामी मे २१ देखि ३१ सम्म संचालन गर्ने च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने जानकारी दिएको हो।
एसियन बक्सिङ कन्फेडेरेशन अन्तर्गतको यस प्रतियोगिता एशियाकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा रहेको छ । संघले महिला तथा पुरुष खेलाडी छनोटका लागि मुख्य प्रशिक्षक प्रकाश थापामगरको संयोजकत्वमा ५ सदस्य छनोट समिति गठन गरेको छ।
१९ वर्षदेखि ४० वर्षसम्मका खेलाडीहरु छनोट प्रक्रियामा सहभागी हुन पाउने संघले जनाएको छ । छनाेट चैत २९–३१ गतेसम्म सातदोबाटोस्थित बक्सिङ हलमा हुनेछ।





























प्रतिक्रिया