एफए कपको सेमिफाइनल समीकरण पूरा

एफए कपको सेमिफाइनल समीकरण पूरा

केन्द्रबिन्दु
0
Shares

एफए कप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार राति भएको खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेड र चेल्सीले शेफिल्ड युनाइटेडलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

सेमिफाइनलमा अब लेस्टर सिटीले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीले चेल्सीसँग खेल्नेछ । दुबै सेमिफाइनल खेल अप्रिल १७ मा हुनेछ ।

सेमिफाइनलमा प्रवेश गर्ने क्रममा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

त्यस्तै, अर्को खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

Logo