काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए रातिको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले दिएको १२६ रनको लक्ष्य राजस्थानले १७ ओभरमै पूरा गरेको थियो । लक्ष्य भेट्न उसले तीन विकेट गुमायो । राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले ।
चेन्नईका लागि दिपक चाहरले २ र हाजउडले १ विकेट लिए । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाएको थियो ।
जितसँगै राजस्थानको प्लेअफमा जाने सम्भावना कायमै छ । उसले १० खेलमा ८ अंक जोडेको छ । चेन्नईको प्ले अफ सम्भावना भने कमजोर बनेको छ । अंक तालिकाको पुछारमा रहेको उसले ६ अंक जोडेको छ ।





























प्रतिक्रिया