मंगोलियाको पोस्टमा जापानको १४ गोल

मंगोलियाको पोस्टमा जापानको १४ गोल

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप छनौट अन्तर्गत एसियाको छनौटमा जापानले फराकिलो जित निकालेको छ ।

मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको हो । जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे ।

ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।

यस जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । 

Logo