पाँचौँ राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप बैशाखमा

पाँचौँ राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप बैशाखमा

केन्द्रबिन्दु
0
Shares

पाँचौ राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिप तथा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप बैशाखमा आयोजना हुने भएको छ। नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा हुने प्रतियोगिता बैशाख ७ र ८ गते हुनेछ। 

कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरु सुस्ताइरहेको अवस्थामा खोला सम्बन्धी प्रतियोगिताहरु र गतिविधीहरु नभइरहेको अवस्थामा नेपाल एसोशियसन अफ र्‍यफ्टिङ एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल र्‍याफ्टिङ तथा क्यानोईङ संघको अफिसियलहरुको बैठकले सुस्ताएको खेल गतिविधीलाई अगाडि बढाउनु पर्ने निर्णयका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीप गौतमले जानकारी गराए। 

च्याम्पियनसिप त्रिशुली नदीमा आयोजना हुनेछ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए।
 

Logo