नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि टिकट मूल्य निर्धारण छ । क्यानले टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजका लागि टिकट मूल्य तोकेको हो ।
क्यानले सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखिएको जनाएको छ । नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिज बैशाख ४ देखि ११ गतेसम्म (अप्रिल १७–२४) हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।
सिरिजका लागि क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ । बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित नारायण राजवंशी रहेका छन् ।































प्रतिक्रिया