आईसीसी डेभलपमेन्ट अवार्ड क्यानलाई

आईसीसी डेभलपमेन्ट अवार्ड क्यानलाई

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड प्राप्त गरेको छ। नेपालले ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ प्राप्त गरेको हो।

आईसीसीले नेपालले एसिया क्षेत्रबाट डेभलपमेन्ट अवार्ड पाएको जनाएको छ । कोरोना भाईरसको महामारीको दौरान पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई उच्च मुल्यांकन गर्दै इनिसियटिभ अफ दि इयर अवार्ड प्रदान गरिएको आईसीसीले जनाएको छ ।

नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले समेत यस अवार्ड प्राप्त गरेको छ। क्षेत्रीय अवार्ड विजेता नेपालसहित पाँच राष्ट्र आईसीसी ग्लोबल अवार्डका लागि समेत छनोट भएका हुन् । आईसीसीले ४ ग्लोबल अवार्ड विजेताको घोषणा भने अप्रिल २० मा घोषणा गर्नेछ।

Skip This
Skip This
Logo