आइपिएलमा कोलकाता विजयी

आइपिएलमा कोलकाता विजयी

केन्द्रबिन्दु
0
Shares

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

जितको लागि १८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन मात्र बनाउन सक्यो । 

हैदराबादका मनिष पाण्डे ४४ बलमा ६१ रनमा अविजित रहे पनि जितको लागि पर्याप्त रहेन । युवा अलरान्डर अब्दुल समाद ८ बलमा २ छक्का सहित १९ रनमा अविजित रहे । 

त्यसअघि चेन्नईमा टस हारेर ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनाएको थियो ।

कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।

Skip This
Skip This
Logo