राष्ट्रिय यु–१९ क्रिकेट टोलीलाई चौधरी ग्रुपको साथ

राष्ट्रिय यु–१९ क्रिकेट टोलीलाई चौधरी ग्रुपको साथ

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी ग्रुपको वाइवाइ चाउचाउले पाँच वर्षको लागि प्रायोजन गरेको छ। 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आज यहाँ आयोजित एक कार्यक्रममा पाँच वर्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक ७० लाख उपलब्ध गराउने छ।

हरेक दुई वर्षमा १० प्रतिशतले उक्त रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ। यस सम्झौतासँगै अब नेपाली यू–१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहनेछ। कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुसी लागेको बताए।
    
त्यस्तै क्यानका अध्यक्ष चन्दले यस सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोगबिना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताए।

Skip This
Skip This
Logo