रोयल च्यालेन्जर्स बेंग्लोरले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित निकाल्लेको छ । आइतबार साँझ कोलकत्ता नाइट राइडर्सलाई ३८ रनले पराजित गर्दै बेंलोरले तेस्रो जित निकालेको हो ।
बेंग्लोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाउदै १६६ रन बनायो ।
यसअघि टस जितेर ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । एवी डी भिलियर्सले ७६ रनको अर्धशतक प्रहार गरे । जितसँगै बेंग्लोर ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।































प्रतिक्रिया