युरोपियन सुपर लिग ईएसएलको घोषणा

युरोपियन सुपर लिग ईएसएलको घोषणा

केन्द्रबिन्दु
0
Shares

युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताको घोषणा भएको छ। युरोपका १२ क्लबले आइतबार आफ्नो नेतृत्वमा रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका हुन्।

संस्थापक क्लबमा इंग्ल्यान्डको प्रिमियर लिगका सर्वाधिक ६ क्लब रहेका छन्। प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन्।

यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड तथा इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन्। संस्थापन क्लबमा थप ३ क्लब थपेर १५ बनाईने समेत बताईएको छ।

रियलका अध्यक्ष समेत रहेका फ्लोरेन्टिनो पेरेजको अध्यक्षतामा गठित ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ। जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने बताइएको छ।

लिगका खेलहरु मध्येसातामा हुनेछ । जसको कारण घरेलु लिगमा असर नगर्ने बताईएको छ। यस्तै ईएसएलले महिलाको प्रतियोगिताको योजनासमेत अघि बढाईएको जनाएको छ।

ईएसएलले नयाँ प्रतियोगिताका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफए र विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग छलफल अघि बढाईने जनाएको छ। यता, यूईएफए र फिफाले भने ईएसएल खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने खतरा बढेको छ। यूईएफएले यस अघि नै यस प्रतियोगिता आयोजना नगर्न र प्रतियोगितामा सहभागी खेलाडीले अन्तराष्ट्रिय खेल खेल्न नपाउने बताइसकेको छ। फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताइसकेको छ।

Logo