नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट प्रतियोगितका बाँकी खेलहर दर्शकले प्रत्यक्ष हेर्न नपाउने भएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी व्यक्तिहरू उपस्थित नहुन तथा दर्शकसहितको खेलकुद प्रतियोगिता सञ्चालन गर्न नपाइने आदेश जारी गरेसँगै नेपाल क्रिकेट संघ (क्यान)ले दर्शनबिना नै खेल खेलाउने भएको हो।
क्यानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल क्रिकेट संघले कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी ट्राई-नेसन्स क्रिकेट सिरिज अन्तर्गतका बाँकी खेलहरूमा दर्शकको प्रवेश निषेध गरेको छ । यो निर्णयसँगै आम नेपाली क्रिकेटका समर्थकहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमा याचना गर्दछौँ।’





























प्रतिक्रिया