लेस्टरको सहज जित

लेस्टरको सहज जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीले वेस्ट ब्रोम अल्वियोनलाई पराजित गरेकाे छ । घरेलु मैदानमा लेस्टरले वेस्ट ब्रोमलाई ३–० ले पराजित गरेको हो ।

किङ पावर स्टेडियममा भएकाे खेलको २३औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई १–० ले अघि बढाए । २६औं मिनेटमा जोनी इभान्सले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा केलिची इहानाचोले गोल गरेपछि लेस्टरले पहिलो हाफमा ३–० को अग्रता दिलाएका थिए ।

जितसँगै लेस्टर ५९ अंक जोडेर तेस्रो स्थानमा छ । 

Skip This
Skip This
Logo