इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा साविक विजेता मुम्बई इन्डियन्समाथि पन्जाब किंग्सले ९ विकेटको सहज जित निकालेको छ । जितको लागि १३२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
पन्जाबको जितमा लोकेश राहुलले अविजित रहदै ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस गेलले अविजित ४३ रन बनाए । मायांक अग्रवाल २५ रनमा आउट भए ।
मुम्बईका राहुल चाहरले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएको थियो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।
पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए । दिपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।
आइपिएलमा बेंगलोर ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। चेन्नई ४ खेलमा ३ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । दिल्ली ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंक भएपनि नेटरनरेटका आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा हार र २ मा जित सहित ४ अंक जोड्दै चौथो स्थानमा छ ।































प्रतिक्रिया