नेपाल सुपर लिग : लुम्बिनीको विजयी सुरुवात

नेपाल सुपर लिग : लुम्बिनीको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

बुटवल लुम्विनी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पोखरा थन्डर्समाथि २–० को जित निकाल्दै विजयी सुरुवात गरेको हो ।

बुटवल लुम्विनीको जितमा विदेशी खेलाडी अर्मान्ड वियडुअमले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । ७७औं मिनेटमा अजित भण्डारीले आत्मघाती गोल गरेपछि बुटवल लुम्विनीले अग्रता दोब्बर बनायो ।

जितसँगै बुटवल लुम्विनीले ३ अंक जोडेको छ । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

Logo