बुटवललाई पराजित गर्दै ललितपुर क्वालिफायरमा

बुटवललाई पराजित गर्दै ललितपुर क्वालिफायरमा


ललितपुर सिटी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो इलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै ललितपुर क्वालिफायरमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ६१ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै ललितपुरलाई १-० को अग्रता दिलाए । मिक्छेन तामाङको क्रसमा अन्जनले डाइभ हान्दै उत्कृष्ट हेडर गोल गरे । ललितपुरको जितमा त्यहिँ गोल निर्णायक बन्यो ।

खेलमा ललितपुरका गोलकिपर अर्पण कार्की प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे । इमर्जिङ प्लेयर अफ दि म्याच ललितपुरकै मिक्छेन तामाङ सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।

अब ललितपुरले फाइनल प्रवेशका लागि भोलि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग खेल्नेछ ।

 

Logo