नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्सले जितेको छ ।
काठमाडौंको दशरथ रंगशालामा आज भएको फाइनल खेलमा धनगढीलाई १-० गोल अन्तरले पाखा लगाउँदै काठमाडौंले उपाधि चुमेको हो ।
खेलको २१ औं मिनेटमा काठमाडौंका लागि अफ्रिकन स्ट्राइकर मेसुके ओलोमोउकले गोल गरेका थिए । धनगढीका डिफेन्डरहरूको तालमेल नमिल्दा मेसुकेले राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए ।
लिगका विजेता काठमाडौंले ३५ लाख रुपैयाँ पाएको छ । उपविजेता धनगडीले १५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।































प्रतिक्रिया