लेस्टरमाथि चेल्सी विजयी

लेस्टरमाथि चेल्सी विजयी


इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको दौडमा रहेको चेल्सीले लेस्टर सिटीलाई हराउँदै तेस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले लेस्टरलाई २–१ ले पराजित गरेको हो ।मंगलबार राति भएको खेलमा चेल्सीको जितमा एन्टोनियो रुडिगर र जर्गिन्होले गोल गरे । लेस्टरका केलिची इहेनाचोले एक गोल फर्काए ।

यो जितसँगै चेल्सीले शीर्ष चारमा रहँदै अर्काे सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । 

Logo