फ्रेन्च लिग-१ मा गए राति भएको अन्तिम चरणको खेलमा एन्जर्सलाई पराजित गर्दै लिलले उपाधि जितेको छ।
फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को अधिपत्यलाई तोड्दै लिलले लिग वानको उपाधि उचालेका हो ।
सिजनको अन्तिम खेलमा आईतबार राति लिलले एन्गर्सलाई २–१ ले हरायो । लिग तालिकामा पीएसजीसँग १ अंकको अग्रतासहित उपाधि उचाल्यो ।
जोनाथन डेविड र बुराक यिलमाजले गोल गर्दै पहिलो हाफमै लिलीलाई २–० को अग्रता दिलाएका थिए । एन्गर्सका एन्जेलो फुलगिनीले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए ।
अर्को खेलमा पीएसजीले समेत ब्रेस्टलाई २–० ले हरायो । तर पछिल्ला ९ वर्षमा दोस्रो पटक उपाधिबाट बञ्चित बन्यो ।
लिलले ३८ खेलबाट ८३ अंकसहित उपाधि जित्यो । पीएसजी ८२ अंकसहित उपविजेता बन्यो । सन् २०११ पछि लिलको यो पहिलो लिग उपाधि हो। त्यस बेला एडेन हजार्डले लिलका लागि उपाधि जितेका थिए































प्रतिक्रिया