युरोपा लिगकाे उपाधि भिल्लारियललाई

युरोपा लिगकाे उपाधि भिल्लारियललाई


भिल्लारियलले क्लब इतिहासमा पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । सडन डेथमा म्यानचेस्टर युनाइटेडलाई ११-१० ले पराजित गर्दै भिल्लारियलले पहिलो पटक उपाधि जित्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा दुवै टोलीले सुरुवाती १०-१० प्रहार गोल गरेपछि गोलरक्षकहरुले सडन डेथमा प्रहार गर्नुपरेको थियो । एघारौं प्रहारमा भिल्लारियलका जेरमिनो रुल्लीले आफैं गोल गरेर त्यसपछि युनाइटेडका डेविड डे हेयाको प्रहार बचाएपछि भिल्लारियल च्याम्पियन बनेको हो ।

Logo