इटालीको सहज जित

इटालीको सहज जित

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इटालीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा इटालीले चेक रिपब्लिकमाथि ४–० को फराकिलो जित निकालेको हो ।

इटालीको फराकिलो जितमा सिरो इमोविले, निकोलो बरेल्ला, लोरेन्जो इन्सिग्ने र डोमिनिको बेरारडीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो ।

युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब समूह ‘ए’ मा रहेको इटालीले १२ जुनमा टर्कीसँग युरो कपमा प्रतिस्पर्धा गर्दैछ । यस्तै चेक रिपब्लिकले ९ जुनमा अल्वानियासँग मैत्रीपुर्ण खेल खेल्नेछ । 

Skip This
Skip This
Logo