१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) विभिन्न तीन खेलहरु हुँदैछन्। युरोकपको दोस्रो दिनमा आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई खेल हुनेछ ।
आज हुने पहिलो खेलमा समूह ‘ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । अजरबैजानको बाकुमा हुने वेल्स र स्विजरल्याण्डबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । वेल्स र स्विजरल्याण्ड दुबै टिम जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
शुक्रबार राति भएको खेलमा यस समूहका इटालीले विजयी सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको हो ।
यस्तै समूह ‘बी’को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ । रुसमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ ।































प्रतिक्रिया