फ्रेन्च ओपनको उपाधि क्रेजसिकोभालाई

फ्रेन्च ओपनको उपाधि क्रेजसिकोभालाई

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च ओपनअन्तरगत महिला एकलतर्फको उपाधि चेकोस्लोभाकियाकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् ।

यो उनको खेल जीवनको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसकी एनास्टिसा पाभयेचेन्कोभालाई ६–१, २–६ र ६–४ ले पराजित गरेर उपाधि जित्न सफल भएकी हुन्।

पहिलो सेट सजिलै क्रेजसिकोभाले आफ्नो पोल्टामा परेपछि पाभयेचेन्कोभाले दोस्रो सेट भने जितिन्। तेस्रो सेट प्रतिस्पर्धात्मक रहे पनि क्रेजसिकोभा जित्न सफल भइन्।

Logo