युरोकपमा आज तीन खेल: तेस्रो खेलमा सर्वाधिक सफल टिम स्पेनलाई स्वीडेनको चुनौती

युरोकपमा आज तीन खेल: तेस्रो खेलमा सर्वाधिक सफल टिम स्पेनलाई स्वीडेनको चुनौती

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (सोमबार) तीन खेलहरु हुँदैछ। युरोकपमा आज समूह ‘डी’ को एक खेल र समूह ‘ई’ को दुई खेलहरु हुनेछ। सोमबार हुने पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘डी’ को स्कटल्याण्ड र चेक रिपब्लिकबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ।

घरेलु मैदानमा स्कटल्याण्ड जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जीत निकाल्न स्कटल्याण्डलाई सहज भने हुने छैन । चेक रिपब्लिक पनि जीत निकाल्ने योजनामा हुनेछ ।

आजै हुने दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्नेछन् । समूह ‘ई’ मा रहेका पोल्याण्ड र स्लोभाकियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। आज दुबै टिम जीत निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन्।

आज हुने तेस्रो खेलमा स्पेन र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ। युरोपियन फुटबलमा दुई पावरहाउस टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डबीचको खेल सेभियामा हुनेछ। घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ। 

पोल्याण्ड पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ। स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीन पटक उपाधि जितिसकेको छ। स्पेन यसपटक पनि आफ्नो गर्विलो इतिहास कायम राख्न चाहन्छ।

Logo