कोपा अमेरिकाको दोस्रो दिनको पहिलो खेलमा आज अर्जेन्टिना र चिली भिड्दैछन् । ब्राजिलको रियो डी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा खेल राति २ः४५ मा सुरु हुनेछ।
समूह ‘बी’ का यी दुई टोली शुक्रवारमात्र विश्वकप छनोट अन्तर्गतको दक्षिण अमेरिकी छनोटमा आमनेसामने भएका थिए । उक्त खेल १–१ को बराबरीमा रोकिएको थियो।
त्यस्तै भोलि बिहान हुने अर्को खेलमा पाराग्वे र बोलिभिया प्रतिस्पर्धामा उत्रिनेछन्। खेल बिहान पौने ५ः४५ बजे सुरु हुनेछ । प्रतियोगितामा ५–५ टिमको दुई समूह बनाइएको छ । दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्नेछन्।





























प्रतिक्रिया