टेस्ट क्रिकेटको शीर्ष स्थानमा उक्लिए ‘स्टिभ स्मिथ’

टेस्ट क्रिकेटको शीर्ष स्थानमा उक्लिए ‘स्टिभ स्मिथ’

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । 

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सनलाई पछि पार्दै स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् । अघिल्लो वरीयतामा स्मिथ दोस्रो स्थानमा रहेका थिए।

यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो स्थानमा छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली चौंथो स्थानमा उक्लिदा इंग्ल्यान्डका जोय रुट पाँचौं स्थानमा झरेका छन्।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् भने, भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन्। यस्तै अष्ट्रेलियाका जोस हाजलउड चौंथो र न्युजिल्याण्ड निल वाग्नेर पाँचौं स्थानमा रहेका छन्।

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा रहेका छन्। भारतका रबिन्द्र जडेजा दोस्रो र इंग्ल्यान्डका बेन स्टोक्स तेस्रो स्थानमा रहेका छन्। यस्तै भारतका रविचन्द्र आश्विन चौंथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा छन्।

Logo