अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिका कपमा अर्जेन्टिनाले पाराग्वेमाथि १-० को जित हासिल गरेको छ । यो जितसँगै अर्जेन्टिना समूह ए बाट क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अर्जेन्टिनाका लागि अलेजान्द्रो गोमेजले १०‍औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले एंगेल डी मारियाको पासमा गोल गरेका थिए ।

समूह ए को आफ्नो पहिलो खेलमा चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई १-० ले हराएको थियो । उसले ३ खेलबाट ७ अंक जोडेको छ ।

१० देश सहभागी कोपा अमेरिकामा २ समूहमा खेलाइएको छ । हरेक समूहको शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन ।

Logo