युरो कपको अन्तिम १६ का खेल आजबाट सुरु

युरो कपको अन्तिम १६ का खेल आजबाट सुरु

केन्द्रबिन्दु
0
Shares

यूईएफए युरो कपमा आजबाट अन्तिम १६ का खेलहरू सुरु हुँदैछन् । नकआउट चरणमा आज दुई खेलहरु हुँदैछन्।

आज हुने पहिलो खेलमा समूह 'ए' को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क प्रतिस्पर्धामा उत्रँदै छन्। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ।

त्यस्तै आजै राति हुने दोस्रो खेलमा इटली र अस्ट्रिया आमनेसामने हुनेछन् । वेम्बली स्टेडियममा समूह 'ए'को विजेता इटली र समूह 'सी' को उपविजेता अस्ट्रिया राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । 

Logo