जारी १६ औं संस्करणको युरोकप फुटबलमा सानदार जीत निकाल्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको पहिलो प्रि क्वाटरफाइनलमा १० खेलाडीमा सिमित वेल्सलाई ४-० गोल अन्तरले पराजित गर्दै डेनमार्क अन्तिम आठमा पुगेको हो।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जीत दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे। यस्तै जोकिम महेले र मार्टिन ब्रेथवेटले एक, एक गोल गरे।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। यस जीतसँगै डेनमार्क जारी युरोकपको क्वाटरफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। वेल्स भने प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ।
यस अघि डेनमार्क समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो। वेल्स समूह ए को उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।





























प्रतिक्रिया