काठमाडौं ।
आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईमाथि ३७ रनको जित निकालेको छ। गए राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले पराजित गरेको हो।
बैंगलोरले दिएको १७० रनको लक्ष्य पच्छ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ भने छैठौँ स्थानमा रहेको चेन्नईको ४ अंक छ ।





























प्रतिक्रिया