बोलिभियामाथि अर्जेन्टिनाको सानदार जित

बोलिभियामाथि अर्जेन्टिनाको सानदार जित

केन्द्रबिन्दु
0
Shares

कोपा अमेरिकामा समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-१ को फराकिलो जित हात पारेको छ । 

खेलको छैटौँ मिनेटमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उसका लागि अलेजन्ड्रो डारिया गोमेजले गोल गरेका थिए । त्यसपछि चर्चित स्ट्राइकर लियोनल मेसीले लगातार दुई गोल गरे । उनले खेलको ३३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । अर्को गोल भने ४२औँ मिनेटमा मेसीले गरे । 

बोलिभियाले ६०औँ मिनेटमा गोल फर्काएको थियो । उसका लागि इविन साभेन्द्रले गोल गरेका थिए । ६५औँ मिनेटमा लौटारो मार्टनेजले गोल गर्दै ४-१ को जित दिलाए ।

Logo