‘माई सेकेण्ड टिचर’द्वारा क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टसलाई जनही १ लाख हस्तान्तरण

‘माई सेकेण्ड टिचर’द्वारा क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टसलाई जनही १ लाख हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

गत वैशाखमा नेपाल, नेदरल्याण्डस् र मलेसियाबीच सम्पन्न भएको  त्रिदेशिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई एक समारोहबीच मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नगद प्रदान गरेको छ। नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको छ । प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो। 
 
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेशिया र नेदरल्याण्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । आउँदो जुलाईमा स्पेनस्थित आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोश्रो श्रृङखलामा स्कटल्याण्ड र नामिबयाको सामना गर्नेछ । समारोहका बीचमा नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द« मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि नेपालको प्रदर्शन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए । 

समारोहका बीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने, “ ट्राई नेशन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै नै गर्वशाली महसुस भएको छ । नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीहरुको आत्मविश्वास देख्दा अन्तर्राष्टिय खेलकुद जगतमा नेपाल चाडैँ नै फस्टाउने कुरामा निकै आशावादी रहेको छु । साथै, माई सेकेण्ड टिचरले नेपाली शैक्षिक क्षेत्रको मात्रै नभई नेपाली खेल जगतको स्तरोन्नति तथा नेपाली खेलाडीको मनोबल उच्च गराउन आगामी दिनहरुमा पनि विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गरी खेलकुद क्षेत्रमा आमुल परिवर्तन ल्याउने कुरामा प्रतिबद्ध रहेको छ । पुरस्कृत खेलाडीहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछु।”
      
नेपालको शैक्षिक क्षेत्रको स्तरोन्नतिमा लागि परेको यस ई लर्निङ प्लेटफर्मले नेपाली खेलकुद एवम् नेपाली युवावर्गको विशिष्ट प्रतिभामा समेत विशेष ध्यानाकर्षण गर्दै उनीहरुको योग्यताको सही पहिचान तथा हौसलामा बढावा दिई यस प्रतिस्पर्धाको आयोजना गरेको हो।

Logo