युरोकपः स्पेन स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा

युरोकपः स्पेन स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा

केन्द्रबिन्दु
0
Shares

स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको छ।

गएराति भएको स्पेन र स्विट्जरल्याण्डको खेल निकै रोमाञ्चक हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो। खेलको आठौँ मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो। त्यसपछि खेलको ६८औँ मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरी बनायो।

खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। स्पेनले अब इटालीसँग प्रतिश्पर्धा गर्नेछ।

Skip This
Skip This
Logo