ब्राजिलमा जारी विश्वकै सबैभन्दा पुरानोमध्येको एक तथा दक्षिण अमेरिकी फुटबलको ठुलो प्रतियोगिता कोपा अमेरिका फुटबल सेमिफाइनल खेल सुरु भइसकेको छ।
सन् १९१६ बाट सुरु भएको प्रतियोगिताको ४७ औँ संस्करणमा सेमिफाइनलको पहिलो खेलमा मंगलबार बिहान ब्राजिल र पेरुबीच प्रतिस्पर्धा भएको थियो । जसमा ब्राजिलले पेरुविरद्ध १–० गोल अन्तरले बाजी मार्दै फाइनल प्रवेश गरेको छ । पेरु भने, प्रतियोगिताबाट बाहिरिएको छ।
यसपटकको कोपा अमेरिकामा आयोजक तथा साविक विजेता ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र पेरुले सेमिफाइनलमा स्थान बनाउन सफल भएको भएको थियो। अब सेमिफाइनलको दोस्रो खेलमा अर्जेन्टिना र कोलम्बियाले प्रतिस्पर्धा गर्नेछ । बुधबार बिहान हुने दुइबीचको खेल ६ः४५ बजे सुरु हुनेछ ।
हालसम्म प्रतियोगिताको २५ खेल सकिएका छन् । जसमा कुल ५७ गोल भएको छ भने ७ वटा पेनाल्टी प्रदान गरिएको छ । जसमध्ये ६ पेनाल्टी सदुपयोग हुँदा १ पेनाल्टी भने गोलमा परिणत हुन सकेन। यस्तै प्रतियोगितामा ३ आत्मघाती गोल र ६ वटा रेड कार्ड दिइएको छ।





























प्रतिक्रिया