महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४५ खेलाडी

महिला फुटबल टिमको बन्द प्रशिक्षणमा ४५ खेलाडी

केन्द्रबिन्दु
0
Shares

महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाइएको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बुधबार ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

फिलिप्सले एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि ४५ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो । नेपाली टिमका नियमित फरवार्ड सावित्रा भण्डारीलाई टिममा राखिएको छैन । चोटको उपचारको लागि उनी कतारमा रहेकी छिन् ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । यस समूहको छनोट खेल नेपालमा हुनेछ । एएफसीले छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भदौ देखि ९ असोज) लाई तोकेको छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपाली टिमको बन्द प्रशिक्षण साउन ३ गतेबाट सुरु हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरुमा एन्जिला सुब्बा, अन्जना राना मगर, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत,उषा नाथ, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, सावित्री किशन, सपना राई, अनिता केसी, गीता राना, अन्जली योन्जन, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, कुशुम खतिवडा, सिर्जना सिंह, सबिता राणा, इन्द्र राई, विमला चौधरी, अमृता जैशी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्याैपाने,सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, सलोनी राना मगर, चुम्लुङमा राई र रजनी थोकर रहेका छन् । 

Logo