सन्दीप लामिछानेले काठमाडौं किङ्स इलाभेन बाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) ट्वेन्टी-ट्वेन्टी क्रिकेट खेल्ने भएका छन् ।
काठमाडौं किङ्स इलाभेनले बुधबार स्पिनर सन्दीपसँग सम्झौता भएको जानकारी दिएको छ ।
सन्दीप तेस्रो संस्करणमा ललितपुर प्याट्रीयट्समा आवद्द थिए । यस वर्षको इपिएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ ।
चौंथो संस्करणको प्रतियोगिता यस अघि चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने तय भएको थियो । तर, कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।





























प्रतिक्रिया