युरोकपः फाइनलमा इटालीका एक हजार दर्शकलाई अनुमति

युरोकपः फाइनलमा इटालीका एक हजार दर्शकलाई अनुमति

केन्द्रबिन्दु
0
Shares

जारी १६ औं संस्करणको युरोकप २०२० को फाइनल खेल प्रत्यक्ष हेर्न इटालीका एक हजार दर्शकलाई अनुमति दिने भएका छन्। 

यूईएफए र बेलायतका अधिकारीबीच भएको सहमति अनुसार एक हजार दर्शकलाई लण्डन भ्रमण गर्दै फाइनल खेल हेर्न दिने सहमति बनेको हो।

गत जुलाईमा बेलायत सरकारले टिकट भएका र कोभिडको खतराको सूचीमा नभएका देशका दर्शकले मात्र युरोकपको फाइनल खेल हेर्न पाउने बताएको थियो। इटाली अझै बेलायतको खतराको सूचीमा रहेको छ।

बेलायत सरकारले त्यस्ता दर्शकका लागि केही शर्तसमेत राखेको छ । इटालियन समर्थक चार्टर उडानबाट मात्र जान सक्ने, एयरपोर्टदेखि रंगशालासम्म जान बिशेष यातायातको साधन प्रयोग गर्ने, निश्चित गरिएका स्थानमा मात्र उनीहरु बस्नु पर्नेछ । समर्थकले लण्डनमा अधिकतम १२ घण्टा मात्र बस्न पाउनेदेखि पीसीआर टेष्ट अनिवार्य गरिएको छ।

मंगलबार स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटालियन फुटबल टिम युरोकपको फाइनल प्रवेश गरेको छ । यस्तै बुधबार राति इङ्ल्याण्डले डेनमार्कलाई हराएर पहिलो पटक युरोकपको फाइनलमा स्थान बनाएको छ।

Skip This
Skip This
Logo