‘युराेकप र कोपा अमेरिका विजेता’बीच म्याराडोना कप आयोजना

‘युराेकप र कोपा अमेरिका विजेता’बीच म्याराडोना कप आयोजना

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाका महान् फुटबलर स्वर्गीय डिएगो म्याराडोनाको सम्मानमा अर्जेन्टिना र इटलीबीच नेपल्स शहरमा भिडन्त हुने भएको छ । युरोकप विजेता र कोपा अमेरिकाको विजेताबीच 'म्याराडोना कप' आयोजना गर्ने योजना बनाइएको हो ।  

म्याराडोनाले आफ्नो उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएका थिए, उनले आफ्नो क्लब करियरको उत्कृष्ट समय भने इटलीको नेपल्समा बिताए । त्यसैले म्याराडोना अर्जेन्टिनामा जति लोकप्रिय छन्, त्यति नै प्रसिद्ध इटलीमा पनि छन् । 

नापोली क्लबबाट  सिरिए तथा इटालियन कप जितेका म्याराडोनालाई नापोलीवासीहरु उनलाई फुटबलको भगवान् मान्छन् ।  

त्यहीकारण, नापोलीमै यी पूर्वस्टारको सम्मानमा फुटबल खेलाउने कार्यक्रम राख्न लागिएको हो । अन्तिमपटक नापोलीमा इटलीले अर्जेन्टिनासँग १९९० को सेमिफाइनलमा खेलेको थियो । 

म्याराडोनाको  निधनपछि यो रंगशालाको नाम फेरेर डिएगो अर्मान्डो म्याराडोना रंगशाला राखिएको छ । युरो विजेता र कोपा विजेताबीचको यस खेलका लागि युईएफए र दक्षिण अमेरिकी फुटबल संघ दुबैले तयारी गरिरहेका छन् ।

Logo