उपाधि जितेपछि डी मारियाले बनाए ‘ट्याटु’

उपाधि जितेपछि डी मारियाले बनाए ‘ट्याटु’

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेपछि अर्जेन्टिनाका मिडफिल्डर एन्जल डी मारियाले आफ्नो शरीरमा एउटा 'ट्याटु' थपेका छन् । उपाधि जितेपछि डी मारियाले आफ्नो बाँया तीघ्रामा ट्रफीकै ट्याँटु खोपेका हुन्। 

मारियाले सामाजिक सञ्जाल इन्टाग्राममा ट्याँटु देखाउँदै लेखेका छन्, ‘आखिर त्यो दिन पनि आयो, मैले एक ट्रफी आफ्नो शरीरमा बनाउने वाचा गरेको थिएँ, जसलाई म आफ्नो शरीरमा जीवनभरि नै राख्न चाहन्थेँ।’

ब्राजिलसँग भएको कोपा अमेरिकाको फाइनल खेलमा अर्जेन्टिनालाई उपाधि दिलाउन डी मारियाले नै निर्णायक गोल गरेका थिए । गत आइतबार आयोजक राष्ट्र ब्राजिललाई उसैको मैदानमा १–० गोलले हराउँदै अर्जेन्टिनाले २८ वर्षे उपाधिविहीन यात्राको अन्त्य गरेको थियो। 

डी मारियाले ४७ औँ संस्करणको कोपा अमेरिकामा ६ खेल खेलेका थिए। जसमा उनले एक गोल गरेका थिए । तर उनको एक गोल नै अर्जेन्टिनालाई उपाधि जिताउन निर्णायक बनेको थियो । डी मारियाले अर्जेन्टिनी सिनियर टिमबाट पहिलो उपाधि जितेका हुन्। यसअघि उनले सन् २००७ मा यु–२० विश्वकपको उपाधि जितेका थिए।

Logo