कोरोना महामारीलाई मध्यनजर गर्दै एएफसी अवार्ड-२०२१ रद्द

कोरोना महामारीलाई मध्यनजर गर्दै एएफसी अवार्ड-२०२१ रद्द

केन्द्रबिन्दु
0
Shares

कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द भएको छ। कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अवार्ड रद्द गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले जनाएको छ ।

एएफसीको सोमबार बसेको कार्यकारी समितिको बैठकले एएफसी अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो। 

कतार फुटबलसँगको छलफलपछि अवार्ड रद्द गरिएको एएफसीले जनाएको छ । कोरोनाको कारण एएफसी अवार्ड लगातार दोस्रो वर्ष रद्द भएको हो। अब अर्को संस्करणको अवार्ड कतारको दोहामा गरिने एएफसीले जनाएको छ।

Skip This
Skip This
Logo