उपकप्तान सीताको ब्याटिङ वरीयता सुधार

उपकप्तान सीताको ब्याटिङ वरीयता सुधार

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्रिय क्रिकेट टिमकी उपकप्तान सीता रानामगरको आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा सीताको वरीयता सुधार भएको हो।

नयाँ वरीयतामा सिता ९२ औं स्थानमा रहेकी छिन् । सीता वरीयतामा पर्ने एक्लो नेपाली महिला खेलाडी हुन्। ब्याटिङतर्फ भारतकी शफाली वर्मा शीर्ष स्थानमा रहेकी छिन्।

अष्ट्रेलियाकी बेथ मोनी दोस्रो, भारतकी स्मृति मन्धाना तेस्रो, अष्ट्रेलियाकी मेग लानीङ चौंथो र अष्ट्रेलियाकी एलिसा हेली पाँचौ स्थानमा रहेकी छिन्। 

नेपाल आईसीसी महिला टी–ट्वान्टी राष्ट्रको वरीयतामा समेत यथावत रहेको छ। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहँदै १४ औं स्थानमा रहेको हो। 

नेपाल अघिल्लो वरीयतामा समेत १४औं स्थानमै रहेको थियो । नेपाल एकदिवसीय महिला वरीयतामा भने अटाउन सकेको छैन।

Skip This
Skip This
Logo