टोकियो ओलम्पिकः नेपालका पौडी खेलाडी एलेक्सको प्रतिस्पर्धा आज

टोकियो ओलम्पिकः नेपालका पौडी खेलाडी एलेक्सको प्रतिस्पर्धा आज


जारी टोकियो ओलम्पिकमा आज (मंगलबार) नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले प्रतिस्पर्धा गर्दैछन्। ओलम्पिक अन्तर्गत मंगलबार नेपालका पौडी खेलाडी एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट १ मा रहेका छन्। ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका छन्। एलेक्स रहेको हिट १ मा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी रहेका छन्।

टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। एलेक्ससँगै गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छन्। गौरिकाको प्रतिस्पर्धा भने बुधबार रहेको छ। गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन्।

Logo