साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने

केन्द्रबिन्दु
0
Shares

साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ। 

दक्षिण एसियाली फुटबल महासंघले सोमबार प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लगाएको हो।
आयोजनाका लागि अखिल नेपाल फुटबल संघले पनि दाबेदारिता प्रस्तुत गरेको थियो।

यस अघि बंगलादेशमा प्रतियोगिता आयोजना हुने तयारी थियो। सेप्टेम्बर १४ देखि २५ सम्म ढाकामा हुने भनिएको प्रतियोगिताको कोभिडको महामारीका कारण अन्य देशमा सारिएको हो। एक वर्ष पछि धकेलिएको प्रतियोगिता अन्तत: माल्दिभ्समा हुने साफले घोषणा गरेका छ।

सातै देशको सहमति अनुसार प्रतियोगिता अक्टोबर एकदेखि १३ सम्म आयोजना हुनेछ। यसपटक पाँच देशले मात्र सहभागिता जनाउनेछन्।

भुटानले कोरोनाको संक्रमणको कारण सहभागि नहुने बताएको छ भने पाकिस्तान विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा परेको छ।

साफ च्याम्पियनसिप २०१८ मा माल्दिभ्सले भारतलाई हराउँदै उपाधि उचालेको थियो। यस अघि उसले २००८ मा पहिलो पटक साफको उपाधि उचालेको थियो।

नेपाल पहिलो पटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छ। राष्ट्रिय फुटबल टिम अहिले तयारी स्वरुप पोखरामा छ।

Skip This
Skip This
Logo