प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुलले ओसासुनामाथि सानदार जीत दर्ता गरेकाे छ ।
सोमबारराति सम्पन्न खेलमा इंग्लिस क्लब लिभरपुलले स्पानिस क्लब ओसासुनालाई ३-१ ले पराजित गरेको हो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलको १४औं मिनेटमै ओसासुनाका जेसस एरेसोले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । फिर्मिनोले २१औं र ४१औं मिनेटमा गोल गरेपछि लिरपुलले पहिलो हाफमै ३-० को अग्रता बनायो ।
ओसासुनाका लागि ७० औं मिनेटमा किकेले सान्त्वना गोल फर्काएका थिए ।































प्रतिक्रिया