एट्लेटिको म्याड्रिड विजयी

एट्लेटिको म्याड्रिड विजयी

केन्द्रबिन्दु
0
Shares

साविकको विजेता एट्लेटिको म्याड्रिडले नयाँ सिजनको स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । सेल्टा डि भिगोलाई उसकै मैदानमा २–१ ले पराजित गरेकाे हाे ।

एट्लेटिकोको जितमा दुवै गोल एन्जल कोरेआले गरे । घरेलु टोलीका इगो आस्पासले एक गोल फर्काए ।

खेलको अन्त्यतिर तनावपुर्ण स्थिति बन्दा दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुइस सुआरेजमाथि फउल गरेपछि दुवै टोलीका खोडी एक आपसमा विवादमा उत्रदा रेफ्रीले ह्युगो मालो र मारियो हर्माेसोलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

 

Logo