अमेरिकी फुटबलर कार्लीले लिइन् सन्यास

अमेरिकी फुटबलर कार्लीले लिइन् सन्यास

केन्द्रबिन्दु
0
Shares

अमेरिका महिला फुटबल टिमकी मिडफिल्डर कार्ली लोइडले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छिन्। मिडफिल्डर कार्लीले ३९ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेकी हुन्। 

अमेरिकाले आगामी सेप्टेम्बर र अक्टोबरमा खेल्ने मैत्रीपूर्ण खेल खेल्दै कार्लीले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिकरुपमा सन्यास लिने छिन् । कार्लीले अमेरिकाको लागि ३ सय १२ खेल खेल्दै १ सय २८ गोल गरेकी छिन्।

उनी अमेरिकाको लागि सर्वाधिक धेरै खेल खेल्ने दोस्रो खेलाडी हुन्। कार्लीले अमेरिकाको लागि दुई पटक फिफा विश्वकप र दुई पटक ओलम्पिकमा स्वर्ण पदक जितेकी छिन्। 

कार्लीले सन् २००५ मा युक्रेनविरुद्ध खेल्दै अमेरिकाको लागि डेब्यु गरेकी थिइन्। दुई पटक फिफा प्लेयर अफ दि इयर अवार्ड पाउने उनी दोस्रो अमेरिकी खेलाडी हुन्। 

Skip This
Skip This
Logo