बार्यनलाई जर्मन सुपर कपकाे उपाधि

बार्यनलाई जर्मन सुपर कपकाे उपाधि

केन्द्रबिन्दु
0
Shares

जर्मन सुपर कपमा बोरुसिया डार्टमुण्डविरुद्ध बार्यन म्युनिखले उपाधि जितेको छ । जीतका लागि  पोलिस स्टार रोबर्ट लोवान्डोस्की नायक बने । उनले  २ गोल गरेका थिए । 

‘सुपर कप’ उपाधिका लागि भएको खेलमा बार्यनले डार्टमुण्डलाई ३- १ ले पराजित गरेको हो ।बार्यनकाे जीतमा स्टार लेवान्डोस्कीले ४१ औं मिनेटमा शुरुवाती गोल गरेका थिए । मुलरले त्यसलगतै ४९ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारेका थिए । 

बोरुसिया डार्टमुण्डका तर्फबाट मार्को रेउसले ६४ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुय्राएका थिए । तर खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेसँगै ३-१ को नतिजासहित बार्यनले उपाधि जित्न सफल भएको हो । 

Logo