प्रदेश नं ५ को राजधानी दाङमा सारिएको भन्दै बुटवलमा प्रदर्शनदेखि नेपाली राजनीतिमा कोरोना आतंकसम्म (भिडियोसहित)

प्रदेश नं ५ को राजधानी दाङमा सारिएको भन्दै बुटवलमा प्रदर्शनदेखि नेपाली राजनीतिमा कोरोना आतंकसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेश सभामा पेश भएसँगै बुटवलमा प्रदर्शन भएको छ । गत शुक्रबार ५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए । मन्त्री केसीले उक्त प्रस्ताव पेश गरेसँगै बुटवलमा विरोध प्रदर्शन सुरु भएको हो ।

त्यस्तै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । सारजाहमा शनिबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले टिचिङ अस्पताल परिसरमा धर्ना दिएका छन् । आन्दोलित चिकित्सकहरुले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै डा. केसीको जीवन रक्षाको माग गरेका हुन् ।

त्यस्तैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबासीबाट कुनै अवरोध नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र दरमा फैलिएसँगै नेपाली राजनीतिमा यसको आतंक देखिएको छ । पछिल्लो समय प्रधानमन्त्रीको निजी सचिवालय प्रवेश गरेको कोरोना संक्रमण अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा समेत पगेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

 

Logo